ओम शिवा बहुमुखी सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष सुरेन्द्रलाल राजभण्डारीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।
यसै क्रममा उपाध्यक्ष राजभण्डारीले आव २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। साथै रिक्त सञ्चालक समितिको अभ्यक्षमा योगेशपूर्ण श्रेष्ठ चयन भएका छन्। उनी सञ्चालक समितिको अध्यक्ष सर्वसम्मतिबाट चयन भएका हुन्।
प्रकाशित: २३ माघ २०८० ११:३८ मंगलबार