१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम

नेसनल लाइफ इन्स्योरेन्सले भैरहवास्थित होटल टाइगर प्यालेसमा मिलिएन डलर राउन्ड टेबल (एमडिआरटी) सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो। तोकिएको बिमा शुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका चार जना सिओटी र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको प्रतिष्ठित संस्था एमडिआरटीको लागि योग्य हुनु अभिकर्ताहरूको वृत्ति विकासको लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए। साथै उनले कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी दिए।

प्रकाशित: १५ माघ २०८० ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App