२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आइतबार नेप्सेपरिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। आइतबार दिनभरजसो नेप्सेपरिसूचक उतारचढावपूर्ण हुँदै कारोबार बन्द हुने बेला मात्रै दोहोरो अंकले बढेको हो।

आइतबार १७३ कम्पनीको सेयर बढ्यो भने ७० कम्पनीको सेयर घट्यो। ४ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड सात लाख ५१ हजार १ सय ६४ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक बढेर हरियाली छायो। सेन्सेटिभ सूचक ०.७३ अंकले बढ्यो भने फ्लोट सूचक ०.६१ अंकले बढ्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक भने ०.२४ अंकले बढ्यो। नेप्सेका १३ उपसमूहमध्ये आइतबार चार उपसमूह घट्यो भने ९ उपसमूह घट्यो। आइतबार सवैभन्दा धेरै घट्ने उपसमूहमा १०४.३१ अंकले घट्यो।

त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फ २८.५४ अंक र बैकिङतर्फ १.०९ अंकले घटेको छ। त्यसैगरी आइतबार बढ्ने उपसमूहमा निर्जीवनबीमातर्फ रह्यो। सो उपसमूहको सेयर ५७.०१ अंकले बढ्यो। त्यसैगरी जीवनबीमातर्फको ५३.९४ अंक र विकास बैंकतर्फको ४९.३४ अंकले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा मिडसोलु हाइड्रोपावर कम्पनी,माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी सामलिंग पावर कम्पनीको सेयर ९.९८ प्रतिशतले बढ्यो।

आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा चन्द्रागिरी हिल्स कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.८६ प्रतिशतले घट्यो। त्यसैगरी इन्फिनिट्रि लघुवित्त कम्पनीको सेयर पनि ६.४० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर पनि ५.१९  प्रतिशतले घटेको छ।  गत साताभरिको पाँच कारोबार दिनमा समग्रमा नेप्सेपरिसूचक ७१.७१ अंकले घटेको थियो। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा झरेको छ। बिहीबार १४१ कम्पनीको सेयर घट्यो भने ९१ कम्पनीको सेयर बढ्यो। १५ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित: १४ माघ २०८० १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App