२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवस्थापन संघको प्रबन्ध समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाल व्यवस्थापन संघले २१औँ प्रबन्ध समितिको निर्वाचनका लागि संस्थागत तथा साधारण सदस्य पदहरूको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

निर्वाचन समितिका तर्फबाट मुख्य निर्वाचन अधिकृत गुणराज भट्टले निर्वाचन कार्यक्रमसहितको तालिका सार्वजनिक गरेका हुन्।

सार्वजनिक तालिका अनुसार माघ १६ गते संस्थागत तथा साधारणतर्फको नामावली प्रकाशित, १७ गते नामावली उपर दाबी/विरोध र अन्तिम नामावली प्रकाशन, १८ गते उम्मेदवारी दर्ता, १९ गते उम्मेदवारहरुको प्रथम सूची प्रकाशित, २१ गते उम्मेदवारहरूको नामावलीमा दाबी विरोधको कार्यक्रम राखिएको छ।

यसैगरी २१ गते नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र २२ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। २२ गते नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। माघ २६ गते संस्थागत तथा साधारण सदस्य पदहरूको निर्वाचन, मतगणना र मत परिणाम घोषणको कार्यक्रम राखिएको छ। सदस्य पदहरूको निर्वाचन परिणाम घोषणा लगत्तै २६ गते नै प्रबन्ध समितिको निर्वाचन कार्यक्रम प्रकाशन गर्ने जनाइएको छ।

मतदान भन्दा पहिलेका कार्यक्रम संघ विशालनगरस्थित कार्यालयमा हुने र मतदान पछिका कार्यक्रम कुपण्डोलस्थित हिमालयन होटेलमा हुने जनाइएको छ।

प्रकाशित: २ माघ २०८० ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App