नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘एमडिआरटी’ अचिभर्स अवार्ड, २०२४ सम्पन्न गरेको छ। सन् २०२३ जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२४’ का लागि योग्य भएका एक सय १६ जना अभिकर्तालाई सम्मानित गरिएको छ।
कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमलप्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कम्पनीका सिइओ पराजुलीले पराक्रमी गति, आक्रामक नीति भन्ने नाराका साथ व्यवसाय विस्तारमा ध्यान दिन आग्रह गरे। पराजुलीले बिमकको माग अनुरूप बजार सुहाउँदो बिमा योजनाहरू निकट भविष्यमा नै सार्वजनिक गर्न लागेको जानकारी दिए।
कार्यक्रममा सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए ।
कार्यक्रममा अर्का सञ्चालक विमलप्रसाद ढकालले बिमा अभिकर्ताहरूले नेपालीको घरदैलोमा बिमा व्यवसाय पु¥याउन महत्वपूर्ण योगदान पु¥याएको बताए। पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफका नव निर्वाचित अध्यक्ष गणेश अधिकारीलाई सम्मानित गरिएको थियो।
कार्यक्रममा पूर्व सचिव कृष्णहरि बास्कोटाले प्रस्तुती दिएका थिए। कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिएका थिए।
प्रकाशित: २७ पुस २०८० ०३:११ शुक्रबार