१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

न्युयोर्क टाइम्सको गन्तव्य सूचीमा मुस्ताङ

अन्तर्राष्ट्रिय पत्रिका द न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्य सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

पत्रिकाले सार्वजनिक गरेको सूचीमा प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वका आधारमा मुस्ताङलाई ३७औं नम्बरमा छ। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ।

तीन हजार वर्षभन्दा अगाडिको उत्खननअनुसार यहाँ नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका थियो। लोमान्थाङ द बार, मुक्तिनाथ, टुकुचे निलगिरि हिमाल, धवलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिकलगायत मुस्ताङका प्रमुख पर्यटकीय स्थल हुन् ।

यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको उत्तिकै महत्त्व छ। मुस्ताङमा प्रसिद्ध धार्मिकस्थलमा मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे गोम्पसम्प, टुकुचे मकल गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा छन्।

यसैगरी यो जिल्लाको उत्तरमा भोटे गुरुङ, विष्ट र ठकुरी जातिको बाहुल्य छ भने दक्षिणतर्फ थकालीसहित अन्य जातिको बसोबास छ।

प्रकाशित: २७ पुस २०८० ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App