२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्सको क्षमता अभिवृद्धि कार्यशाला

‘एक्सेल एन्ड एलिभेट २०८०-८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सले तीन दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्न जीवन बिमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिबारे कार्यक्रम रहेको थियो।

विभागीय प्रमुख तथा देशैभरिबाट प्रशासनिक कर्मचारीहरू गरी दुई सय जनाभन्दा बढीको सहभागिता भएको तालिममा प्रमुख कार्यकारी अधिकृत खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बिमा बजारमा अग्र स्थानमा पुर्‍याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीहरूको पनि हुने भएको बताए।

प्रकाशित: २५ पुस २०८० ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App