८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्से २६ अंकले घट्दा पनि सवा पाँच अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक २६.३६ अंकले गिरावट आएको छ । सुरुवाती कारोबार हुँदा सामान्य अंकले बढेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेला तिव्र उतारचढाव हुदैँ उच्च अंकले घटेको हो।

आइतबार नेप्सेपरिसूचक २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा झरेको हो। आइतबार १५९ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २४ करोड १४ लाख ८ हजार तीन सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भएको छ। 

सेन्सेटिभ सूचक ६.१६ अंकले घट्यो भने फ्लोट सूचक पनि १.७४ अंकले घट्यो।त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि १.७२ अंकले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये विहीबार १२ उपसूचक घट्यो भने एउटा उपसुचक मात्रै बढ्यो। आइतबार घट्ने उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक २५९.५८ अंकले घट्यो। 

त्यसैगरी निर्जीवनबीमातर्फको उपसूचक पनि १८६.४० अंकले घटेको छ। आइतबार बढ्ने उपसूचक पनि हाइड्रोपावरतर्फ रह्यो। सो उपसूचक २५.१६ अंकले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीको सेयर ९.९९ प्रतिशत, नेपाल वायरहाउस कम्पनीको सेयर ९.९८ प्रतिशत र धौलागिरी लघुवित्त कम्पनीको सेयर पनि ९.९६ प्रतिशतले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा मानुषी लघुवित्त कम्पनी रह्यो।

 सो कम्पनीको सेयर ६.६९ प्रतिशतले घट्यो। त्यसैगरी नेपाल रिपब्लिक मिडिया कम्पनीको सेयर पनि ६.४९ प्रतशत र सुभम पावर कम्पनीको सेयर पनि ६.३३ प्रतिशतले घटेको छ। साताको अन्तिम कारोबार दिन विहीबार नेप्सेपरिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा झरेको थियो। सोदिन १२८ कम्पनीको सेयर घट्यो भने ११३ कम्पनीको सेयर बढ्यो। पाँच कम्पनीको सेयर भने स्थिर रह्यो। बिहीबार एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार रुपैयाँ बराबरको सेयर कारोबार भयो।

प्रकाशित: २२ पुस २०८० १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App