३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएस आइक्युबको ग्रीन रेभोलुसन राइड

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानाएको  छ।

चार महिनाभन्दा कम समयमा नै टिभिएस आइक्युबले सो उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ।एक लाख किमि पार गरेको खुसीयालीमा कम्पनीले जगदम्बा मोटर्सको सहकार्यमा टिभिएस आइक्युबका ग्राहकसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ।

नक्सालको टिभिएस सोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको सो राइडमा ३० जना राइडरहरूको सहभागिता थियो।सो राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषणविरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्न पहल गर्नु रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ पुस २०८० १४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App