५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

यसरी मनाइयाे 'दुसित प्रिन्सेस’ मा नयाँ वर्षको उत्सव

'दुसित प्रिन्सेस काठमाडौं’ ले नयाँ वर्ष उत्सव मनाएको छ। अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा दुसित प्रिन्सेसले आयोजना गरेको कार्यक्रमले उल्लेखनीय सफलता हात पार्‍यो।

दुसितले नयाँ वर्षका अवसरमा उत्साह र मनोरञ्जनको अविस्मरणीय रात बनाउन सोई दुसित प्रिन्सेस र किबु स्काई लाउन्ज आउटलेटहरूमा दोहोरो कार्यक्रम गरेको थियो।

कार्यक्रममा डिजे निहाल आफ्नो सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए। उनको सङ्गीत र नृत्यमा सहभागीहरू झुमेका थिए। सङ्गीत सँगसँगै विभिन्न अन्तर्राष्ट्रिय परिकारहरूको पनि व्यवस्था थियो।

दुसित प्रिन्सेसका क्लस्टर महाप्रबन्धक र दुसित थानीले कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदै नयाँ वर्षको पूर्वसध्यामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए। उनले यो वर्षको कार्यक्रम आफूहरूको डेब्यु रहेको र आगामी दिनमा अझै राम्रो गर्ने बताए। 

प्रकाशित: १७ पुस २०८० १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App