२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

घुम्टे बहुउद्देश्यीय सहकारीको पुँजी वृद्धि

बागलुङबाट काठमाडौं आएर बसेका नागरिकले सञ्चालन गरेको घुम्टे बहुउद्देश्यीय सहकारी संस्थाको सेयर पुँजी वृद्धि गरिएको छ। शंखमूलमा रहेको सो  सहकारी संस्थाको सेयर पुँजी गत आर्थिक वर्षको तुलनामा वृद्धि गरिएको हो। 

सेयर पुँजी यसवर्ष दुई करोड ६४ लाख ८२ हजार  पुर्‍याइएको छ।यसैगरी आर्थिक वर्ष २०७९/८० मा चार करोड ९५ लाख ४९ हजार ब्याज आम्दानी गरेको जनाएको छ । संस्थाले सोमबार गरेको वार्षिक साधरणसभामा आर्थिक वर्षको आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष प्रशान्त ढकालले यसवर्षको आय व्यय प्रस्तुत गरेका थिए।

बागलुङको गल्कोट घुम्टेबाट काठमाडौं आएर बसोबास गरेका व्यक्तिहरूले सञ्चालन गरेको सो संस्थामा कुल आठ सय ३४ जना भन्दा बढी सेयर सदस्य रहेको सो संस्थाले रेमिटको कारोबार पनि गर्दै आएको छ। संस्थाले अघिल्लो वर्षको आम्दानीबाट सेयर धनीहरूलाई थोरै  लाभांश दिने भएको छ।  

कोरोना संक्रमण तथा विविध कारणवश सहकारीहरू डुब्ने र सञ्चालकहरू भाग्ने क्रम बढिरहेका बेला गल्कोट घुम्टेले भने कुल आम्दानीको केही प्रतिशत रकम लाभांश वितरण गर्ने भएको छ।

संस्थाका व्यवस्थापक विजय खत्रीका अनुसार सहकारीले अहिलेसम्म कुनै पनि प्रकारको समस्या भोग्नु परेको छैन ।  ‘कोरोना संक्रमणको समयमा पनि हामीले संस्थालाई बचाएर यो अवस्थामा ल्याएका छौं, ग्राहकलाई पनि सन्तुष्ट बनाएका थियौं, अहिले मुलुकको अर्थतन्त्र तरल अवस्थामा रहेको बेला पनि सहकारीले सबै प्रकारका आर्थिक समस्यासँग जुधेर संस्थाको गरिमा उँचो बनाएका छौं’, व्यवस्थापक खत्रीले भने।  

खत्रीका अनुसार संस्थालाई पारदर्शी र व्यवस्थित बनाउनुका साथै आन्तरिक रूपमा बलियो वित्तीय संस्था बनाइएको  छ। सहकारीले विगतदेखिनै रेमिटेन्सको कारोबार पनि गर्दै आएको छ।त्यसैगरी टेलिफोन, बिजुली, इन्टरनेट आदिको बिल भुक्तानी लगायतका सेवा पनि दिँदै आएको जानकारी सहकारीका व्यवस्थापक खत्रीले दिए।व्यवस्थापक खत्रीका अनुसार अहिलेको समयमा देखिएको तरलता र समाधानका लागि यसवर्षको सञ्चित मुनाफालाई सहकारीको विनियम बमोजिम २५ प्रतिशत जगेडा कोषमा संरक्षित गरिएको छ।

प्रकाशित: १० पुस २०८० १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App