१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल वायुसेवा निगम र थाइ एयरवेजबिच ग्राउन्ड ह्याण्डलिङ सम्झौता

नेपाल वायुसेवा निगमसँग थाइ एयरवेजले ग्राउन्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ।नेपाल वायुसेवा निगम र थाइ एयरवेजबिच ग्राउन्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो।

नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाइ एयरवेजले ८० थान ग्राउन्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरू समेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ। 

सामग्रीहरू नेपाल वायुसेवा निगमको स्वामित्वमा रहने गरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाइ एयरवेजको तर्फबाट थाइ एयरवेजका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए।

उनले विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्याण्डलिङ गर्दै आएको थाइ एयरवेजले नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याडलिङ लिनुले निगममाथिको विश्वास बढेको बताए। उनले नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले थाइ एयरवेजले प्रयोग गर्दै आएको ८० थान ग्राम सामग्रीहरू नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको पनि बताए।लामो समयदेखि सेल्फ ह्याण्डलिङ गरेको थाइ एयरवेजले नेपाल एयरलाइन्ससँग कमर्सियल ग्राउन्ड ह्याण्डलिङ गर्न सहमति हुनु नेपाल एयरलाइन्सको विश्वसनीयता र नेपाल एयरलाइन्समाथि उठेको प्रश्नको जवाफ भएको बताए।

प्रवक्ता पौडेलले थाइ एयरवेजले नेपाल एयरलाइन्समाथि विश्वास गर्नु एयरलाइन्समाथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको बताए । गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्याण्डलिङ प्रतिष्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रवन्ध सेवा प्रतिष्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो । सो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन संघर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।

प्रकाशित: ८ पुस २०८० १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App