३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मेलम्चीको पानी २८ दिनभित्रै उपत्यका ल्याइने

बाढी पहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पानी २८ दिनभित्रै द्रुत गतिमा मर्मत सम्भार गरेर ल्याइने दाबी गरेको छ। मेलम्ची खानेपानी विकास समितिकोका अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले सिनो हाइड्रोपावर कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर २८ दिनभित्रै मेलम्चीको पानी उपत्यका ल्याइने बताइएको हो।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले दुई सिफ्टमा काम गरेर मेलम्चीको पानी २८ दिनभित्रै ल्याउने तयारीसहित काम गरिने बताए। मेलम्चीको खानेपानी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजिकरण र समन्वय गर्ने निर्णय भएको छ। सो बैठकले निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ।

सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्य तालिका अनुसार २ सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न  गरिने बताइएको छ।

गत असार ८ गतेदेखि मेलम्चीको पानी सुरुङमा पठाउन बन्द गरिएको थियो। गत साउन २८ र २९ गते मेलम्ची नदीमा ठुलो बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको र पहुँच सडक समेत क्षतिग्रस्त भएकोले तत्काल पानी पथान्तरणको काम सुरु हुन सकिरहेको छैन।

समितिका अनुसार निर्माण व्यवसायीसँगको ठेक्कामा सोही कामको लागि थप भेरिएसन गर्नुपर्ने, निर्माण व्यवसायीको नगद परिचालनमा समस्या भएको, सि। एम। सि। का स्थानीय आपूर्तिकर्ताबाट आवत जावतमा समेत अवरोध सिर्जना गरिएको लगायत विभिन्न प्राविधिक तथा करारीय समस्याहरू पर्न आएकोले पानी पथान्तरणको कार्य सुचारु गर्न ढिलाई हुन गएको छ।

समितिका अनुसार यो समस्या समाधानका लागि खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिबाट अथक प्रयास गरिएको छ। समितिले पथान्तरणमा ढिलाई भएको कारण काठमाण्डौं उपत्यकावासीबाट दबाबमूलक प्रदर्शनहरू हुँदै आएकोमा मेलम्ची खानेपानी विकास समिति अझ बढी गम्भीर भएको जनाएको छ।

प्रकाशित: ४ पुस २०८० ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App