१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मिटर बक्स आयो, बत्ती आएन

२०५२ सालमा स्थापना भएको दैलेखको नारायण नगरका विभिन्न वडाका बस्तीमा अझै बत्ती पुग्न सकेको छैन। नारायण नगरपालिका ११ का बल्लतल्ल विद्युत् विस्तार भए पनि नागरिकले घरमा बत्ती बाल्न नपाएका हुन्।

स्थानीय नागरिकले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखमा पैसा तिरेर घरमा मिटर बक्स ल्याएको आठ महिना हुँदासमेत वितरण केन्द्रबाट कर्मचारी जान नपाएपछि आठ घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन्। महिना दिनदेखि विद्युत् जोड्नका लागि दैलेख बजार धाउने गरे पनि कर्मचारीले अटेर गरेको स्थानीय नागरिकको गुनासो छ।

महिना दिनदेखि विद्युत् कार्यालय चाहर्ने काम मात्र भएको नारायण नगरपालिका  ११ का स्थानीय नगेन्द्रबहादुर विष्टले गुनासो गरे। ‘गाउँमा विद्युत् आयो, घरमा मिटर बक्ससमेत आयो। स्थानीय विष्टले भने, ‘विद्युत् कार्यालयका कर्मचारी जडान गर्न आएनन्।’

नयाँ मिटरका लागि पैसा तिरेर, मिटर बक्स घरमा ल्याए पनि कर्मचारीको लापरबाहीले धेरै दुःख पाइएको स्थानीय बताउँछन्। दैलेख सदरमुकामसँगै जोडिएको नारायण नगरपालिकाका विन्ध्यावासिनी गाउँमा भर्खर मात्र विद्युत् विस्तार भएको हो।

विद्युत् विस्तारसँगै घर उज्यालो बनाउने नागरिकको सपना महिना दिनसम्म कर्मचारीको अटेरीले पूरा हुन नसकेपछि उनीहरू आक्रोशित छन्। मिटर बक्स पाइसकेका घरमा तत्काल जडान हुनुपर्ने र आफूले बुझेर जोड्न लगाउने वितरण केन्द्र दैलेखका प्रमुख नरेशदत्त रावलले बताए।

प्रकाशित: २ पुस २०८० ०६:५८ सोमबार

नारायण नगरपालिका विभिन्न वडामा बत्ती अभाव