१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने

कुमारी बैंकले आफ्ना ऋणीहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ। जनवरी १, २०२४ देखि कर्जाको प्रिमियमदर अधिकतम ३.५ प्रतिशत रहने गरी लागु गर्ने भएको छ। यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जा उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकमा लागु हुने बैंकले जनाएको छ।

कुमारी बैंकले आफ्ना ग्राहकको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको बताएको छ।

प्रकाशित: २९ मंसिर २०८० ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App