११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतीय बोलेरोसहित लाखौँको कपडा बरामद

फाइल तस्बिर (नागरिक)

सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ। 

भन्सार छलेर ल्याइएका कपडा र अन्य सामग्रीसहित उक्त गाडी नियन्त्रणमा लिइएको हो।

सर्लाहीको पर्सा गाउँपालिका–६ पर्साबाटा अवैध कपडा, विद्युतीय सामान र गाडी बरामद गरिएको प्रहरीले जनाएको छ।

हुलाकी राजमार्गको छेउमा बेवारिसे अवस्थामा रहेको ओ.आ. ०१ जे २४९२ नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिएर खोजतलास गर्दा २७ प्याकेट एअरफोन, एक हजार ६०० पिस डाटा केबल, ९३ थान चिटर, २० थान गमछा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ। बरामद सबै सामग्री र गाडीको मूल्य करिब ८ लाख ११ हजार रुपैयाँ भएको प्रहरीको अनुमान छ। गाडीसहित बरामद सम्पूर्ण सामग्रीलाई सर्लाही प्रहरीले आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाएको छ। 

प्रकाशित: २५ मंसिर २०८० ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App