९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ अफर

 हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहकमाझ ल्याएको छ।

मंसिर १४ गतेबाट सुरु हुने यस योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

हुन्डाइले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखेर यो अफर ल्याएको जनाएको छ। कम्पनीका अनुसार योजना नेपालभरि नै लागु हुने भएकाले आफ्नो नजिकैको हुन्डाइको सोरुममा जान सकिने बताएको छ।  

कम्पनीका अनुसार यस एक्सचेन्जमा ग्राहकले आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकन भन्दा न्यूनतम ५० हजार थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरूप  ५० हजारसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने जनाएको छ।

साथै, विभिन्न मोडलका गाडीको खरिदमा नगद ६ लाखसम्म छुटका साथै हुन्डाई सोरुममा गएर आफ्नो गाडीको मूल्यांकन गराइ र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ मंसिर २०८० १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App