३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकारी नीति र व्यवहार उद्योमैत्री आवश्यक:परिषंघ अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिषंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारी नीति र व्यवहार उद्योगीमैत्री हुनुपर्ने माग गरेका छन्।मुलुकमा लगानीमैत्री वातावरण नभएको कारण उद्योगधन्दा फस्टाउन नसकेको गुनासो आइरहेका बेला नवौं राष्ट्रिय उद्योग दिवस २०८० को अवसरमा अग्रवालले आज शनिवार यस्तो धारणा राखेका हुन्।

उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले भने, ‘वर्षमा एक दिन उद्योग दिवस मनाएर मात्रै हामीले उद्योगको प्रबर्द्धन गर्न सक्दैनौं।हाम्रो नीति तथा व्यवहार उद्योग मैत्री हुन आवश्यक छ ।’ उनले कुल ग्राहस्थ्य उत्पादनमा उद्योगको योगदान बढाउनुपर्ने धारणा राखे । ‘उद्यम गर्न निकै गाह्रो छ। हाम्रो जस्तो अस्थिर नीति भएको मुलुकमा झनै गारो छ,’ अध्यक्ष अग्रवालले भने,‘ तर पनि उद्यमशीलताको प्रबर्द्धन नगरी सुख छैन।’

ऐनहरूले उद्योग व्यवसाय गर्ने व्यवसायीलाई सम्मान तथा सहजीकरण गर्नुपर्नेमा नियन्त्रण गर्ने प्रकृतिका रहेको उनले बताए।परिसंघले उत्पादनमुलक उद्योगहरुलाई प्रबर्द्धन गर्ने नीति लिन आग्रह गर्दै आएको बताए । कर्जाको विस्तार हुने नीति अबलम्बन गर्न आग्रह गरे। ‘सरकारको नीति आन्तरिक उत्पादन बढाउने तथा त्यसको उपभोग गर्ने हुनुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रोत्साहन गर्ने नीति हुनुपर्छ।’परिसंघले मुलुकमा सम्भावना भएका कम्तिमा १० वटा वस्तुहरुको पहिचान गरेर संरक्षण गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ९ मंसिर २०८० ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App