८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

विराटनगरमा कात्तिकमा झनै घट्यो राजस्व

विराटनगर भन्सार कार्यालयको राजस्व कात्तिकमा झनै घटेको छ।कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ।  

विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार  चालु आर्थिक वर्षको कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब २२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा १ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको  उल्लेख छ । विराटनगर भन्सार कार्यालयले असोज महिनामा लक्षको ६०.१४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो।

असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।भदौ महिनामा  विराटनगर भन्सार कार्यालयले लक्षको ५६.८१ प्रतिशत राजस्व संकलन गरेको थियो।भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो ।  

साउन महिनामा भने विराटनगर भन्सार कार्यालयले लक्षको ८१ .५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो।साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै असुली गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भए पनि  नेपालको आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तराष्ट्रिय व्यापार प्रभावित भएपछि  भन्सारको राजस्व पनि घटेको हो।चालु आर्थिक वर्ष ०८०/८१को पहिलो  चार महिनामा संकलन भएको राजस्व अघिल्लो बर्षको तुलनामासमेत न्यून हो। आघिल्लो आर्थिक वर्ष ०७९/८०को पहिलो चार महिनामा विराटनगर भन्सार कार्यालयले ११ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।तर, चालु आर्थिक वर्षको पहिलो चार महिनामा भने विराटनगर भन्सार कार्यालयले १० अर्ब २१ करोड ३३ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।  

प्रकाशित: ८ मंसिर २०८० १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App