१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्सद्वारा साइकल र्‍याली

‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार साइकल र्‍याली गरेको छ। शंकरदेव कलेज अगाडि ट्याक्सी स्ट्यान्डबाट सुरु भएको र्‍याली न्यु प्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदै पुनः शंकरदेव कलेज अगाडि समाप्त भएको थियो।

र्‍यालीमा समृद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, सञ्चालक विनोदकुमार सुवेदी, सञ्चालक जे बी हमाल, सिइओ टिकानिधि लोहनीका साथै १९ कर्मचारीहरूको सहभागिता रहेको थियो।

कम्पनीले यही कात्तिक २५ गते २२ औं वार्षिकोत्सव मनाउँदै छ। वार्षिकोत्सवको उपलक्ष्यमा फाइनान्सले कात्तिक १९ गतेदेखि २५ गतेसम्म वार्षिक उत्सव सप्ताह मनाउँदै विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ।

यसै क्रममा कात्तिक १९ गते पुतलीसडक शाखा र कात्तिक २२ गते जनकपुर शाखाबाट सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम गरिसकेको जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८० ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App