१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पुस १२ देखि रियल इस्टेट एक्स्पो

संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपमा पुस १२ देखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो २०२३ हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।

आयोजक नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले एउटै मञ्चमा घरजग्गा र हाउजिङ क्षेत्रको जानकारी पाउनका लागि एक्स्पो महत्वपूर्ण हुने बताए।

‘एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सेरामिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन्। यस एक्स्पोमा इच्छुक उद्यमीहरूको चाहना बमोजिमका सेवाहरू पनि उपलब्ध गराइनेछ’, उनले भने।

मुख्यतः यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनःनिर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरूका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाइटिङ व्यवसायीहरू र अन्य सेवा प्रदायकहरूका लागि साझा मञ्च प्रदान गर्र्ने आयोजकको दाबी छ।

एक्स्पोले सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र नियामक निकायका सरकारी प्रतिनिधिहरूका साथै रियल इस्टेट क्षेत्रका महत्वपूर्ण सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

त्यसैगरी यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त हुनुका साथै घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन यो एक्स्पो निकै उपयोगी उनले बताए।

संघले यस अघि पनि सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्द्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजनामा र सिन्थेसिस एन्ड इभेन्ट्स प्रा.लि.को व्यवस्थापनमा यो आठौं एक्स्पो आयोजना हुन लागेको हो।

एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। आयोजकले यो आठौं रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुनेछ।

जसमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरूबारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् भन्ने संघको विश्वास रहेको छ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए तापनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र जस्तैः व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बिमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरू समेतको सहभागिता हुनेछ।

प्रकाशित: २२ कार्तिक २०८० ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App