२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अपाचेको विशेष संस्करण सार्वजनिक हुने

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ। टिभिएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटिआर १६० भिफोर एफआई को विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो।

अपाचे आरटिआर १६० भिफोर एफआई सेग्मेन्टमा ग्राहकका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भएरहेको जानकारी कम्पनीले दिएको छ।

अपाचे आरटिआर १६० भिफोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न फिचर थपेर उपलब्ध गराउने भएको छ। कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने सम्भावना रहेको जनाएको छ। साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसँगै टिभिएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता अनुसार ड्राइभिङ मोड छनोट गर्न सक्ने कम्पनीले बताएको छ।

अपाचे आरटिआर १६० भिफोर एफआईको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेसल कलर थिममा तयार गरिएको कम्पनीको भनाइ छ। 

प्रकाशित: १९ कार्तिक २०८० ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App