१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

त्रिवेणी ग्रुपले अमृत ब्रान्डको चामल ल्याउँदै

त्रिवेणी ग्रुपले अमृत ब्रान्डको चामल उत्पादन सुरु गरेको छ। यससँगै कम्पनीले वीरगञ्जमा त्रिवेणी राइस इन्डस्ट्री प्रालि सञ्चालनमा ल्याएको हो।

६ महिनाअघि नै उद्योग सञ्चालन गर्ने लक्ष्य राखिए पनि आर्थिक मन्दीलगायत कारणले ढिलाइ भएको कम्पनीका निर्देशक साकेत संघईले जानकारी दिएका छन्। दसैंदेखि उत्पादन सुरु भएको चामल तिहार अघिबाट बजारमा आउने उनले बताए।

निर्देशक संघईले चामलको मूल्य निर्धारण नभएको जनाउँदै बजार मागअनुसार चलनचल्तीकै मूल्यमा चामल बिक्री हुने बताए। ३० करोड रूपैयाँ लगानीमा निर्माण भएको राइस मिलबाट अमृत ब्रान्डमा प्रिमियम जिरा मसिनो र प्रिमियम सोना मन्सुली चामल उत्पादन भइरहेको उनले बताए।

प्रकाशित: २ कार्तिक २०८० ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App