२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल लाइफको वित्तीय साक्षरता कार्यक्रम

नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रम सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ सो कार्यक्रम सञ्चालन गरेको क्यापिटलले जनाएको छ।

कार्यक्रममा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले लगानीका क्षेत्र र सेयर बजारको महत्वबारे प्रकाश पार्दै व्यक्तिले सेयर बजारमा कसरी पहुँच पुर्‍याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए।

त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्रबजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुति दिएका थिए।

प्रकाशित: २४ आश्विन २०८० ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App