२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सानिमा बैंकका ग्राहकलाई आँखा सेन्टरमा छुट

सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्न तिलगंगा सिटी आखाँ सेन्टरमा छुट दिने व्यवस्था गरेको हो। सो व्यवस्था अन्तर्गत बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्। साथै ग्राहकले पहिलो पटक आँखा जाँच गर्दा ५० रूपैयाँको परामर्श शुल्क मात्र लाग्नेछ।

बैंकले यसै गरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

प्रकाशित: २४ आश्विन २०८० ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App