२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

टेरामक्स टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्नलाई हो,व्यक्तिगत फोन ट्याप गर्न होइन: अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने बताएका छन्।

आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष खनालले सरकारले टेलि कम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत डेटा नराख्ने भएकाले कसैको पनि फोन ट्याप नगर्ने बताएका हुन।उनले प्राधिकरणले टेलिकम कम्पनीहरूले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्नको लागि टेरामक्स आवश्यकता परेको बताए।

उनले टेलिकमको डेटा प्रयोग भए नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजेको बताए । उनले टेलिकम कम्पनीहरूले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरूको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको बताए ।

उनले टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो की भएन भनेर टोटलमा हेर्ने भएकोले व्यक्तिगत डेटा दुरुपयोग हुन नसक्ने बताए।नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम सेक्टरमा २०७४÷०७५,सन् २०१७ को जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च भएको बताए । 

उनले फोर जी सेवा बिस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको बताए । उनले त्यसबिचमा फोनको पैसा,एसएमएसको पैसा घटेको छैन र सिम बिक्री पनि बढेको छ तर नेपाल टेलिकमको २०७४/०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजश्व घटेको दाबी गरे। उनले यसरी टेलिकमको राजश्व घट्दै जाने हो भने नेपालको टेलिकम्न्युकेसन कोल्याप्स हुनसक्ने जिकिर गरे। 

प्रकाशित: २१ आश्विन २०८० १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App