२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘किड्डी फेस अफ द इयर इन्टरनेसनल’ सम्पन्न

‘किड्डी फेस अफ द इयर इन्टरनेसनल’ प्रतियोगिताको सातौं संस्करण सम्पन्न भएको छ। प्रतियोगितामा ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कँडेल र अक्षयनी दाहाल बिजेता भएका छन्।

प्रतियोगितामा जुनियर पुरुषतर्फ ब्रबिम बराल र सिनियरतर्फ आरुष भट्टराई विजेता भएका छन्। यस्तै जुनियर महिलातर्फ सायुरी कँडेल र सिनियरतर्फ अक्षयनी दाहालले उपाधि जितेका छन्।

प्रतियोगितामा जुनियर पुरुषतर्फ सम्भव जैन फष्ट रनरअप, आर्देन सुवेदी सेकन्ड रनर अप विजेता भएका छन्। सिनियर पुरुषतर्फ भियोम गोयल फष्ट रनरअप र आर जय कोइराला सेकेन्ड रनरअप भए।

त्यस्तै, जुनियर महिलातर्फ सदीक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप र सिनियर महिलातर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप भएका छन्।

प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपालको मुख्य प्रायोजनमा गरिएको थियो। बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए।

प्रकाशित: १७ आश्विन २०८० ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App