कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ। साथै बैंकले ग्राहक माझ लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधा योजना ल्याएको छ।
यसअन्तर्गत २६ लाखको बिमा सुविधा अन्तर्गत परिवारका चार जना सदस्यलाई एक लाख रूपैयाँको मेडिकल बिमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बिमा तथा एक लाखसम्मको घातक रोग बिमा सुरक्षण समावेश गरिएको छ।
प्रकाशित: १६ आश्विन २०८० ०३:१९ मंगलबार