५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल ‘विश्व सांस्कृतिक उत्सव’ मा सहभागी हुँदै

अमेरिकाको वासिंगटन डिसीको मेट्रो एरियामा हुन लागेको ‘विश्व सांस्कृतिक उत्सव– २०२३’ मा नेपाल सहभागी हुने भएको छ।

सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको उक्त उत्सवमा एक सय ८० राष्ट्रहरूबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरू प्रस्तुत हुनेछ। नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरू सोही समुदायको सांस्कृतिक पहिरणमा प्रस्तुत गर्न १३ वर्षदेखि ६० वर्षसम्मका एक सय ५० जना कलाकार पुगिसकेका छन्।

कार्यक्रममा प्रस्तुत गरिने नृत्यको निर्देशन चर्चित नृत्य प्रशिक्षक यज्ञमान शाक्यले गर्नेछन्। यस्तै नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेशबहादुर प्रधान तथा निभा माथेमा प्रधानले गरेका छन्।

अमेरिकामा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरू माझ नेपाली संस्कृति जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेसन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व र समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरूले यस कार्यक्रममा सहभागिता जनाउँदै छन्।

प्रकाशित: १५ आश्विन २०८० ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App