१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बडादशैं जुत्ता चप्पल मेला हुँदै

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित बडादशैं जुत्ता चप्पल व्यापार मेला– २०८० आयोजना हुने भएको छ। जाउलाखेल खेल मैदानमा हुने उक्त मेला असोज १० गतेदेखि कात्तिक ३ गतेसम्म हुने अयोजकले जनाएको छ। देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन पनि केही गतिविधि निरन्तर गरिरहनु आवश्यक भएकाले यस अभियानमा लागेको आयोजकले जनाएको छ।

मेलाले स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास गर्ने आयोजकको विश्वास छ।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक रोयल सुज, वेस फुटवेयरको उत्पादन– विएफ डियर हिल र विएफ स्पोर्ट, लालिगुँरास फुटवेयरको– क्रस रोड सुज, शुभकामना फुटवेयरको – फस्टवाक सुज, नमस्ते फुटवेयरको– सिल, आरडी कलेक्सनको – हाई लाइफ, केटिएम सुजको– केटिएम, डिजे सुज कम्पनीको – डिजे सुज, फुड फेसनको– वेली सुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरी ११ वटा कम्पनी र ब्राण्डहरूको सहभागिता रहने र तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू रहने आयोजकले बताएको छ।

साथै मेला अवधिभर विशेष छुटको व्यवस्था गरिने, न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइने, मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको र मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८० ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App