२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चेम्बर र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको वार्तामा चेम्बर र सिसिपिआइटीबीच नेपालमा संयुक्त रूपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो।

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। चिनियाँ निजीक्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ। सिसिपिआइटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए।

अध्यक्ष मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजीक्षेत्रलाई आग्रह गरे। ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु,’ अध्यक्ष मल्लले भने, ‘सिसिपिआइटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण हुने विश्वास लिएका छौं।’

नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलन सम्बन्धी सहमति महत्वपूर्ण भएको बताए।

नेपालमा पूर्वाधार विकास, पर्यटन, जल विद्युत् लगायतका क्षेत्रमा चिनियाँ निजीक्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए। सहमति पत्रमा हस्ताक्षर गर्ने क्रममा चेम्बर अध्यक्ष मल्लसहित निर्वतमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरू दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो।  

प्रकाशित: ८ आश्विन २०८० ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App