१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलको ‘बजार जाऔं’ कार्यक्रम

एनसेल आजियाटाले १८ औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्थ अधिकारी लगायतका कर्मचारी, देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताहरूका पसल–पसलमा गएर आफ्ना ग्राहक र खुद्रा बिक्रेतासँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए।

‘बजार जाऔं’ ग्राहकका गुनासा, सल्लाह र सुझाव व्यक्तिगत रूपमा सुनेर त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता अनुरूप उक्त कार्यक्रम आयोजना गरिएको एनसेलले जनाएको छ। यस्तै कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कम्पनीले ग्राहक ‘किङ अफ मार्केट’ हुन् भन्ने बुझेको हुँदा आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासो बुझ्न र उनीहरूको आवश्यकता के छ भनेर हामीले थाहा पाउनु आवश्यक रहेको बताए। उनले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने कम्पनीको विश्वास भएको बताए।

प्रकाशित: ७ आश्विन २०८० ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App