३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘नाडा अटो सो’ लक्षित तीन गाडी सार्वजनिक

टाटा मोटर्स प्यासेन्जर भेहिकलले नाडा अटो सोलाई लक्षित गरी तीनवटा गाडी सार्वजनिक गरेको छ। कम्पनीले टियागो इभी, टाटा निक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको हो।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले उक्त गाडीहरू १५ औं संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो–२०२३’ बाट बिक्री वितरण सुरु गरेको हो।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियगो इभीमा पाँच मुख्य विषेशता रहेको कम्पनीले जनाएको छ। जसमा कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायिता रहेको जनाएको छ।

यस्तै क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रूफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायतका विशेषताहरू रहेको जनाएको छ। कम्पनीका अनुसार टियागो इभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१.९९ लाख रूपैयाँ राखिएको जनाएको छ।

यस्तै टियागो इभी एमआर एक्सटीको २२ लाख ९९ हजार रूपैयाँँ, टियागो इभी एलआर एक्सटी को २५ लाख ४९ हजार रूपैयाँ, टियागो इभी एलआर एक्सजेट प्लसको २६ लाख ९९ हजार रूपैयाँ र टियागो इभी एलआर एक्सजेट प्लस टेकको २७ लाख ९९ हजार रूपैयाँ मूल्य रहेको छ।

यस्तै नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रूपैयाँ, पन्च पियोरको ३३ लाख, ९९ हजार रूपैयाँ, पन्च एडभेन्चर एमटीको ३७ लाख ४९ हजार रूपैयाँ, पन्च एकम्प्लिस्ड एमटीको ४० लाख ४९ हजार रूपैयाँ र पन्च क्रियटिभ एमटीको ४३ लाख ४९ हजार रूपैयाँ मूल्य कम्पनीले निर्धारण गरेको छ।

टाटा मोटर्स इन्टरनेसनल बिजनेस हेड मयंक वाल्डीले हरित यातायातको विकासमा निरन्तर नयाँ आयाम थप्दै जाने प्रतिबद्धता टियागो इभीले प्रतिनिधित्व गर्ने धारण व्यक्त गरेका छन्। यस्तै उनले टाटा पन्चले नेपाली बजारमा एसयुभी पोर्टफोलियोलाई थप बलियो एवम् बृहत् बनाउँदै जाने प्रयासलाई दर्शाउने बताए।

यसैगरी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकको ड्राइभिङ अनुभवलाई नवीन र दिगो ढंगले रूपान्तरण गर्ने साझा प्रतिबद्धताको प्रतिनिधित्व गर्ने बताए।

प्रकाशित: २८ भाद्र २०८० ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App