६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एमजिकमेटको इभी बजारमा

पारामाउन्ट मोटर्सले बजारमा एमजिकमेट इभी र एमजी ४ इभी सार्वजनिक गरेको छ। पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडल अत्यन्तै उपयुक्त हुने बताए।

 एमजिकमेट इभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो, जसले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने र यसमा १७.३ किलोवाटको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एमजिकमेट इभीमा यात्रुको सुरक्षाका लागि आइपी ६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट लगायतका सुविधा छन्।

त्यस्तै एमजीले कमेट इभीको हाइभोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिएको छ भने हाइभोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको कम्पनीले जनाएको छ।

त्यस्तै एमजी ४ कम्फर्ट इभीको सुरुवाती मूल्य ४१.४९ लाख रूपैयाँ रहेको छ भने एमजी लक्जरी इभीको सुरुवाती मूल्य ५८.९९ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०८० ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App