२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

दराजको नयाँ उद्यम 'डिएलएन'को सुरुवात

दराज नेपालले आफ्रा नयाँ उद्यम ‘दराज लाइक न्यू’ (डिएलएन) को सुरूवात गरेको छ।

बजारमा डिएलएनको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल उद्देश्यका साथ दराजले उक्त नयाँ उद्यम सुरूवात गरेको जनाएको छ। उद्यमले प्रयोग गरिएका फोनहरू बिक्री गर्न प्लेटर्फ प्रदान गरेर स्थानीय उद्यमीलाई सशक्त बनाउने दराजको विश्वास छ।

कम्पनीका अनुसार पारदर्शिता र कार्य सम्पादन सम्बन्धी विषयमा डिएलएनले प्रयोग गरेका फोन प्रदान गर्ने मात्र भन्दा पनि ग्रहकको लगानीमा पारदर्शिता प्रदान गर्न भ्याट बिल समावेश हुन र यसले ग्राहकलाई उनीहरूको लगानीमा अन्तरदृष्टि दिने धारणा व्यक्त गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीको प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरैभन्दा धेरै मानिसहरूलाई पहुचँयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउँदै दिगोपनलाई पनि सन्तुलन राख्ने लक्ष्य रहेको बताए।

प्रकाशित: २१ भाद्र २०८० ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App