२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निजी क्षेत्रका सुझावलाई नियामक निकायले बेवास्ता गरेः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नियामक निकायले निजी क्षेत्रका सुझावालाई बेवास्ता गर्दा मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन्।

शनिवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को साधारण सभाको अवसरमा बोल्दै ढकालले नियामक निकायले निजी क्षेत्रका सुझावलाई व्यक्तिगत लाभका लागि माग गरे जस्तो गरी हेर्ने काम भएको भन्दै भने, ‘निजी क्षेत्रका सुझावलाई कार्यान्वयन नगर्दा यो अवस्था आयो।’  

मुलुक श्रीलङ्का जस्तो बन्छ भन्ने डर देखाएर कडाई गर्दा आयात प्रभावित हुँदा त्यसको असर राजश्वमा परेको उनले बताए।  

‘राजस्व सङ्कलनमा कमी आउँदा साधारण खर्च धान्न पनि कठिन भएको छ,’ उनले भने। मुलुकको अर्थतन्त्रमा देखिएको समस्याप्रति इङ्गित गर्दै ढकालले यस्तो धारणा राखेका हुन्। बजारमा माग र आपूर्ति दुवै घटेकोप्रति ढकालले चिन्ता व्यक्त गरे। ‘निजी क्षेत्रमात्र नभएर आम सर्वसाधारणको पनि मनोबल खस्किएको छ,’ उनले भने, ‘सरकारले आशा जगाउनु पर्छ ।’  

प्रकाशित: १६ भाद्र २०८० ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App