२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एघार क्यासिनोले साढे तीन अर्ब राजस्व तिर्न बाँकी

एक दर्जन क्यासिनोले सरकारलाई साढे तीन अर्ब बढी राजस्व तिर्न बाँकी छ। गत आर्थिक वर्ष २०७९/८० सम्ममा दर्जन क्यासिनोले सरकारलाई ३ अर्ब ६० करोड १४ लाख रूपैयाँ राजस्व तिर्न बाँकी रहेको पर्यटन विभागको होटल शाखाको तथ्याङ्कले देखाएको छ।

शाखाको तथ्याङ्क अनुसार दि फुलबारी, ह्याप्पी आवर, नेपाल रिक्रिएसन सेन्टर, होटल याक एण्ड यति, सोल्टी होटल, अन्नपूर्ण इन्टरनेसनल, होटल एभरेष्ट इनटरनेसनल, एसएचएल म्यानेजमेन्ट सर्भिस, रक इन्टरनेसनल, ओरियन्टल होटल, याक एण्ड यतिले क्यासिनो सञ्चालन गरेर राजस्व नतिरेका हुन्। यसमध्ये नेपाल रिक्रिएसन सेन्टरले गत आर्थिक वर्षसम्ममा सबैभन्दा धेरै राजस्व शुल्क तिर्नुपर्ने रहेको छ।

एक दर्जन क्यासिनोले सरकारलाई साढे तीन अर्ब बढी राजस्व तिर्न बाँकी छ।

तथ्याङ्क अनुसार रिक्रिएसनले ८७ करोड, ५९ लाख ८९ हजार रूपैयाँ बक्यौता रकम बुझाउन बाँकी छ। रिक्रिएसनपछि दोस्रो धेरै बक्यौता रकम क्यासिनो रोयलको छ। याक एण्ड यति क्यासिनो रोयलले  ४१ करोड १६ लाख ४९ हजार बक्यौता रकम सरकारलाई तिर्नु छ।

यस्तै क्यासिनो रोयलपछि दि फुलबारीको ४० करोड ३८ लाख ५३ हजार रूपैयाँ बक्यौता रकम रहेको छ। दि फुलबारी क्यासिनो सञ्चालन गरेपछि गत आर्थिक वर्षसम्म राजस्व शुल्क बापत सो रकम सरकारलाई तिर्नुपर्ने  तथ्याङ्कले देखाएको हो।

तथ्याङ्क अनुसार रिक्रिएसनले ८७ करोड, ५९ लाख ८९ हजार रूपैयाँ बक्यौता रकम बुझाउन बाँकी छ। रिक्रिएसनपछि दोस्रो धेरै बक्यौता रकम क्यासिनो रोयलको छ।

होटल लाकौल भैरहवा, होटल डाइमण्ड प्यालेस महेन्द्रनगर, होटल ढाका काँकडभित्ताले ३९ करोड १५ लाख बक्यौता रकम तिर्न बाँकी छ। तीन वटै होटल ह्याप्पी आवर प्रलिसँग आवद्ध छन्। ओरियन्टल होटलको क्यासिनोले ३६ करोड ४५ लाख बक्यौता तिर्न बाँकी छ।

उक्त बक्यौता गत आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको हो। ओरियन्टलपछि रक इन्टरनेसनलको होटल साथी धनगढी, सुरज होटल विरगञ्ज, बोधी रेड्सन भैरहवा, होटल रियाज काँकाडभित्ताले संयुक्त रूपमा २३ करोड ५ लाख  ८२ हजार रूपैयाँ सरकारलाई बक्यौता तिर्न बाँकी रहेको तथ्याङ्कले देखाएको छ।

यस्तै होटल याक एण्ड यतीले १९ करोड ४४ लाख र अन्न्नपूर्ण इन्टरनेसनलले १९ करोड १४ लाख रूपैयाँ सरकारलाई बक्यौता तिर्न बाँकी छ। यस्तै होटल एभरेष्ट इन्टरनेसनलले १६ करोड, ९५ लाख, ५८ हजार, ह्याप्पी आवरले ११ करोड ३५ लाख र सोल्टी होटलले १० करोड सरकारलाई बक्यौता तिर्न बाँकी छ। बक्यौता रकम गत आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको हो।

होटल लाकौल भैरहवा, होटल डाइमण्ड प्यालेस महेन्द्रनगर, होटल ढाका काँकडभित्ताले ३९ करोड १५ लाख बक्यौता रकम तिर्न बाँकी छ।

दि फुलवारी, ह्याप्पी आवर, नेपाल रिक्रिएसन सेन्टर, होटल याक एण्ड यति, सोल्टी होटल अन्नपूर्ण इन्टरनेसनल र होटल एभरेष्ट इन्टरनेसनल कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएका क्यासिनोहरू हुन्।

यस्तै एसएचएल म्यानेजमेन्ट सर्भिस, रक इन्टरनेसनल, ओरियन्ट होटल, ह्याप्पी आवर र याक एण्ड यतिको क्यासिनो पर्यटन विभागमा लगत कसिएका क्यासिनोहरू हुन्।

प्रकाशित: १५ भाद्र २०८० ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App