६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा १४ औं संस्करणको तीज मेला सुरु भएको छ। नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेलाको एक कार्यक्रमका बीच अमन फाउण्डेसनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी छन्।  

मेला उद्घाटन गर्दै गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको र यस्ता मेला महोत्सवले उद्यम गर्न चाहने महिलालाई सहयोग गर्ने विश्वास व्यक्त गरिन्। वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसिसी नेपालले ए एस इभेन्ट्स एण्ड मार्केटिङसँगको सहकार्यमा तिज मेला आयोजना गरेको हो। भदौ ६ गतेदेखि सुरु भएको मेला १० गतेसम्म पाँच दिन चल्नेछ। मेलामा सय भन्दा बढी स्टल रहेका छन्। तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरूलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसीसीकी बजार प्रबन्धक स्मृति श्रेष्ठले बताइन्।  

विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरूको व्यवसाय विस्तार एवं प्रवद्र्धनको लक्ष्यसहित मेला आयोजना गरिएको ए एस इभेन्ट्स एण्ड मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए।  

नेपालका साथै छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा छन्। मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सकिने  

श्रेष्ठले बताए। 

प्रकाशित: ७ भाद्र २०८० ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App