२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचकमा २९ दशमलव ४७ अंककाे वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा कायम भएको छ।

आज नेप्सेमा सूचीकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिद बिक्री हुँदा एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ७६ दशमलव २९ अंकले र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३२ दशमलव २२ अंकले बढेको छ।

बैंकिङ समूह नौ दशमलव ५४, विकास बैंक ४३ दशमलव ५५, वित्त ३३ दशमलव ८२, होटल तथा पर्यटन ५७ दशमलव २८ र लगानी समूह एक दशमलव ०७ अंकले बढेको छ।

त्यस्तै उत्पादन तथा प्रशोधन ४२ दशमलव ८०, लघुवित्त ६१ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ५५ दशमलव ४९ र अन्य समूह १३ दशमलव ३७ अंकले बढेको छ।

 कुथेली बुखारी स्मल हाइड्रो पावरको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ अंकले बढेको छ भने धेरै घट्नेमा सिजिटन्स सुपर-३० म्युचुअल फन्डको शेयर मूल्यमा सात दशमलव ४२ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सात करोड ५७ लाख ६५ हजार आठ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको एक लाख ५१ हजार सात सय १३ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ६ भाद्र २०८० १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App