३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्रेट एक्सचेन्ज फेस्टिभल’मा आकर्षक उपहार

सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने भएको छ। कम्पनीले चाडपर्व सुरु हुनुअघि नै फाइदाजनक र आकर्षक उपहारहरू दिने भएको छ। एक्सचेन्ज क्याम्प भदौ १ गतेदेखि ५ गतेसम्म नेपालभरि रहेका सिप्रदीको टाटा मोटर्सका सोरुमहरूमा सुरु हुने भएको हो।

टाटा मोटर्सका ग्राहक एवम् बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरुमबाट व्यवस्था गरिएको जनाएको छ। यसले ग्राहकलाई विभिन्न रिकन्डिसन केन्द्रहरूमा पुग्नुपर्ने झन्झट नहुने र एकै ठाउँमा उचित मूल्याङ्कनसहित बीमाकोसमेत सुविधा प्राप्त हुने भएकाले ग्राहकलाई सहजता प्रदान हुने विश्वास कम्पनीले लिएको छ।

यस्तै कम्पनीका अनुसार चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइनेछ।

गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन ‘लक्की ड्र’ मार्फत ५ जनाले स्मार्टवाच जित्ने मौका पाउने छन्। जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन ईभीसँग साट्न सकिने, एकै ठाउँबाट इन्स्योरेन्सको सुविधा उपलब्ध गराइने, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङ लगायतका सुविधाहरू रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८० ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App