४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सचेतना साइकल र्याली सम्पन्न

नेसनल लाइफको बिमा सचेतना साइकल र्याली सम्पन्न गरेको छ। कम्पनीले पोखरामा बिमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साइकल र्यालीको आयोजना गरेको हो। साइकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहाल, प्राधिकरणका कर्मचारीलगायत करिब सय जनाले सहभागिता जनाएका थिए।  

पोखराको बाराहीघाटबाट सुरु भएको र्यालीले हल्लनचोक, जिरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० किमिको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा र्यालीको समापन गरिएको थियो।

प्रकाशित: २३ श्रावण २०८० ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App