१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बजारमा सुजुकीको जिम्नी र फ्रोन्क्स

सुजुकीको एसयुभीहरू साउन २२ देखि नेपालका सबै सुजुकी सोरुमहरूमा हेर्न र टेस्ट ड्राईभ लागि उपलब्ध हुने भएको छ। सोही दिन सबै सुजुकी सोरुमहरूमा जिम्नी र फ्रोन्क्स अनावरण गरिने जानकारी कम्पनीले दिएको छ।

कम्पनीले जिम्नीको सुरुआती मूल्य ५९ लाख ९९ हजार रूपैयाँबाट र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रूपैयाँबाट सुरु हुने जनाएको छ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी भएको तथा जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित भएको र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ।

सुजुकी एसयुभी उन्नत फोरडब्लुडी प्रणाली, अल ग्रिप प्रोसँग आउने र ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्रि लिंक रिजिड एलेक्स सस्पेन्सन जस्ता अफ-रोड सुविधाहरू समावेश भएको कम्पनीले जनाएको छ।

अफ-रोडका लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल जस्ता आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश भएको दाबी कम्पनीको छ।

प्रकाशित: २१ श्रावण २०८० ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App