६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छः अध्यक्ष ढकाल

फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताएका छन्।

बिहीबार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताए। उनले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्नेगरी आउन नसकेको बताए।

उनले भने, ‘अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्नेगरी सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैमा आएन। राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको छ। निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ।’

उनले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताए। 

प्रकाशित: १८ श्रावण २०८० १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App