१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार गर्न सहकार्य

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपाल बीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ। समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि उक्त सम्झौता भएको हो। सम्झौता पश्चात् डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा बैंकको सहभागिता रहनेछ।

त्यस्तै, परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम-पूर्वका जिल्लाहहरूको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरूमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुनेछ।

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास गरिएको छ। यस परियोजनामा आवद्ध घरधुरीहरू तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन्।

परियोजनामा आवद्ध ५५ सय घरधुरीमध्ये ८० प्रतिशत महिलाहरू सहभागी हुने र बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत समुदायबाट हुने बैंकले जनाएको छ। यसै भित्रबाट ३ प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्षित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकको छ।

प्रकाशित: १८ श्रावण २०८० ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App