४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारले भारतसँग १० लाख टन धान खरिद गर्नसके चामल प्रतिवन्धको असर पर्दैनः अध्यक्ष दुगड

नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिवन्धको असर नपर्ने बताएका छन्।

संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिवन्ध लगाएपनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्नसके चामल प्रतिबन्दको असर नपर्ने बताएका हुन्।

अध्यक्ष दुगडले भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासी प्रतिवन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए। उनले चामल आयातको प्रतिवन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने बताए। नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारसँग १० लाख टन धान आयात गर्न माग गर्ने उनले बताए।

सरकारले तत्काल १० लाख टन धान आयातका लागि पहल नगरे नेपालमा असर पर्ने उनको भनाइ छ। उनले भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुनसक्ने बताए। अध्यक्ष दुगडले नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्यो भन्दा पहिला नेपालीहरुको महान पर्व दशैँतिहार आउने भएकाले थप चुनौतिपूर्ण अवस्था देखिएको बताए। उनले भारतले चामल निकासी प्रतिवन्ध लगाए पनि नेपाललाई धान आयातमा फाईदा रहेको उल्लेख गरे।

खुला सिमानाको कारण अन्य बाटोबाट चामल आउनसक्ने उनले बताए। उनले  सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए। नेपालमा उत्पादन क्षमता ठूलो रहेकाले भारतबाट धान आयात गर्नसके चामल उत्पादन गरेर नेपालको खपतलाई परिपूर्ति गर्न सकिने बताए। उनले भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धान चामलको निर्यातमा २० प्रतिशत कर लगाउन शुरू गरेको बताए। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा करिव साढे ५ लाख टन अर्थात ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको र ६ लाख टन धान आयात भएको उनले बताए। उनले भारतले चामलमा २० प्रतिशत कर लगाएपछि चामलको आयात ३ लाख कम हुँदा धानको आवश्यकता बढी भएको बताए।

उनले भने, ‘भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धानचामलको निर्यातमा २० प्रतिशत कर लगाउन शुरू गरेको थियो। त्यो भन्दा पहिला नेपालमा कर लाग्दैन थियो। त्यसपछि नेपाल सरकारले धान उपलब्ध गराउन माग गरेको थियो। नेपाल सरकारको अनुरोधपछि वार्षिक ६ लाख मेट्रिक टनसम्म धानचामलमा कर छुट कोटा दिने भारत सरकारले निर्णय गरेको थियो। तर अहिले समस्या के छ भने नेपालमा जम्मा  यही कोटा अन्तर्गत अहिले भारतबाट धानचामल आयात भइरहेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा करिव साढे ५ लाख टन अर्थात ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको थियो। ६ लाख टन धान आयात भएको थियो। भारतले चामलमा २० प्रतिशत कर लगाएपछि चामलको आयात ३ लाख कम भयो। धानको आवश्यकता बढी भयो। १०० केजी धानबाट ५० केजी चामल निस्कन्छ। त्यो कारणले ६ लाख टन धानको बढी आवश्यकता भयो। नेपालले पाउने ६ लाख टन धान आयात गर्न पाउने कोटा सकिएको छ। नेपालको नयाँ धान नोम्बेम्बरमा आउँछ। त्यो भन्दा पहिला नेपालीहरुको महान पर्व दशैतिहार छ। चुनौतिपूर्ण अवस्था छ। भारतले चामल निकासी प्रतिवन्ध लगाए पनि नेपाललाई धान आयातमा फाईदा छ। चामल आउँद केही फाइदा छैन। त्यो कारण अब कम्सेकम सरकारले भारत सरकारसँग १० लाख टन धान माग गर्नुपर्छ। त्यसको लागि नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारसँग माग गर्छ। सरकारले त्यसको लागि तत्काल पहल नगरे असर देखिन्छ। खुला सीमानाको कारण अन्य बाटोबाट चामल आउन थाल्छ। सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्छ। नेपालमा उत्पादन क्षमता ठूलो छ। भारतबाट धान आयो भने चामल उत्पादन गरेर नेपालको खपतलाई परिपूर्ति गर्नसक्छौं।’

प्रकाशित: १६ श्रावण २०८० ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App