१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

फोनपेका विजेतालाई उपहार हस्तान्तरण

फोन पे ले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने मौका’ योजनाको बिजेता घोषणा गरेको छ। बिजेता अनुप सिकर्मीलाई आइफोन १३ मिनी हस्तान्तरण गरिएको छ।

उनलाई विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइफोन १३ मिनी हस्तान्तरण गरेका थिए। भुक्तानीमा विभिन्न विद्युतीय माध्यमहरूले नेपाललाई नयाँ युगमा प्रवेश गराएको उल्लेख गर्दै प्रबन्ध निर्देशक घिसिङले पछिल्ला दिनमा प्रविधिले सबैको समय बचाउनुको साथै अन्य सहुलियत प्रदान गर्दै आएको बताए।

यस्तै फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवसकुमारले संस्थाको लक्ष्य भनेको ग्राहकलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराइ विभिन्न सुविधा थप्दै जाने र भुक्तानी गर्ने पुराना माध्यममा रहेका अप्ठ्यारालाई सजिलो बनाउँदै लाने बताए।

प्रकाशित: १६ श्रावण २०८० ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App