सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वरका द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने सम्झौता भएको छ।
सम्झौतापछि बैंकका कार्डबाहकले द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
प्रकाशित: ८ श्रावण २०८० ०३:५८ सोमबार