२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सबैभन्दा बढि कर्जा कृषि क्षेत्रमा १३.१ प्रतिशत, विपन्न वर्गलाई ६.१ प्रतिशत कर्जा सापट

बैंकहरुले सबैभन्दा बढि कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको आइतबार सार्वजनिक मौद्रिक नीतिमा जनाइएको छ।

नीति अनुसार २०८० जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.१ प्रतिशत (रु. ५५२ अर्ब ९९ करोड), ऊर्जा क्षेत्रमा ६.८ प्रतिशत (रु.२८६ अर्ब ७७ करोड) र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.९ प्रतिशत (रु.४१८ अर्ब ३६ करोड) लगानीमा रहेको छ।

त्यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २४.९ प्रतिशत (रु.११३ अर्ब १८ करोड) र वित्त कम्पनीहरुबाट २२.३ प्रतिशत (रु.१९ अर्ब ६५ करोड) लगानीमा रहेको छ।  

वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल कर्जा सापटमध्ये २०८० जेठ मसान्तमा औसत ६.१ प्रतिशत (रु.२६० अर्ब ८४ करोड) कर्जा विपन्न वर्गमा गएको छ। त्यसैगरी, विकास बैंकहरुबाट यस क्षेत्रमा ९.१ प्रतिशत (रु.४२ अर्ब ३२ करोड) र वित्त कम्पनीहरुबाट ६.१ प्रतिशत (रु.५ अर्ब ६५ करोड) कर्जा लगानीमा रहेको छ।

नेपाल सरकारबाट ब्याज अनुदान उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८० जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई रु.२०३ अर्ब १० करोड कर्जा लगानीमा रहेको छ।

नेपाल राष्ट्र बैंकबाट कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा २०८० जेठ मसान्तमा रु.१ अर्ब ९६ करोड लगानीमा रहेको छ।

प्रकाशित: ७ श्रावण २०८० ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App