२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निगमद्वारा ऋण भुक्तानी

फाइल तस्बिर

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको किस्ता तिरेको छ। निगमले २०८० असार महिनाको किस्ता बापत मिति २०८० असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार रूपैयाँ रकम भुक्तानी गरेको हो।  

यसअघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो। निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले जनाएको छ। नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले बताएको छ। यस्तै निगमले विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम तिरिएको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको छ।

प्रकाशित: २ श्रावण २०८० ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App