१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बचतकर्ताको खातामा पहुँच पुर्‍याएर लाखौं रकमान्तर

बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्‍याएर एक व्यक्तिले लाखौं रकम आफ्नो खातामा रकमान्तर गरेका छन्।

मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्‍याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको पाइएको हो।

यसरी उनले अहिलेसम्म ११ लाख १२ हजार आठ सय रुपैयाँ रकमान्तर गरी ठगी गरेको पाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सुरुमा पीडितलाई मोबाइलबाट फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैंक खातासँग वालेट आइडी लिंकअप, खाता नवीकरण, केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ गरिदिने आश्वासन दिए।

त्यसो गर्दा पैसा नलाग्ने र राम्रो बोनस प्राप्त हुने गरी काम गरिदिने भनी लोभ देखाएर विश्वासमा पारे। त्यसपछि पीडितहरूकै बैंक खाता लगायत, ओटिपी कोड समेत मागी खातामा पहुँच पुयाएर अन्यत्र बैंक खाता तथा वालेटहरूमा पैसा रकमान्तर गरेको फेला परेको रेग्मीले बताए।

उक्त घटनामा जाहेरी परेपछि उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमार्फत थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ असार २०८० ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App